सप्तरी, असार ११ः बिहीबार बिहान चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव र राजगढ गाउँपालिकाका १ जना रहेका छन् ।
त्यसैगरी राजगढ गाउँपालिकामा १ जना घाइते भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।