मोरङ, असार १२ :माेरङको रंगेलीमा बुधबार अपरान्ह परेको चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ । हावाहुरी सहित चटयाङ पर्दा रंगेलीका १४ वर्षीय अभत श्रृषिदेव र अनिल श्रृषिदेवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली बजारमा घुम्दै रहेका अभत र अनिल चटयाङको चोटले सडकमा ढलेका थिए ।
स्थानीयहरुको सहयोगमा प्रहरीले तत्काल दुबैलाई रंगेली अस्पताल पु¥याइएको थियो । दुबैको उपचारका क्रममा मृत्यु भएको हो।