चट्याङ लागेर बागलुङमा एकको मृत्यु, तीन घाइते

| 2021 Sep 21 | 12:05 pm 1609

बागलुङ, असाेज ५ः जिल्लाको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।।

सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली रहेका छन् । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.