चट्याङ लागेर ताप्लेजुङमा एकको मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2023 Apr 27 | 11:44 am 1569

ताप्लेजुङ, बैशाख १४ः चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा मैवाखोला गाउँपालिका वडा नं ४ साँघु चित्रेका ११ बर्षिय दोर्ची शेर्पा रहेका छन् भने दोर्चीका बुवा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाईते भएका छन्।

घाईते दुवै जनाको जिल्ला अस्पतालको उपचार भईरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिए। मृतक दोर्चीको शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको समेत उनले जानकारी दिए। गएराति ८ बजे दारिञ्जीको घरमा चट्याङ परेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.