चट्याङ लागेर डाेटीमा एक महिलाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Apr 21 | 10:45 am 2231

डोटी, बैशाखा ८: जिल्लाकाे सायल गाउँपालिका–३ तोलेनीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीया उजली बयाडी रहेको वडाध्यक्ष गोरख सार्कीले जानकारी दिए।

सोमबार बारीमा जौँ काटिरहेको बेला अचानक चट्याङ लागेर उनकाे मृत्यु भएकाे वडाध्यक्ष सार्कीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.