चट्याङ लागेर झापामा एकको मृत्यु, दुईजना घाइते

रिपोर्ट नेपाल | 2019 Apr 06 | 11:43 am 2455

भद्रपुर,चैत्र २३ : शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एकजनाको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० वर्षीय प्रकाश राउत रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार मृतक राउतका श्रीमती ३५ बर्षीया सुनिता राउत र उनका भाउजु ३६ बर्षीया मञ्जु राउत घाइते भएको जनाइएको छ। दुवै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ।

शनिबार बिहान ८ बजेको समयमा खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भिर घाइते भएका थिए। घाइते तीनैजनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्‍याएकोमा प्रकाशको उपचारको क्रममा मृत्यु भएको डिएपसी श्रेष्ठले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.