बिर्तामोड, वैशाख १३ : सुतिरहेको अवस्थामा चट्याङ लाग्दा झापामा एक जनाको ज्यान गएको छ । शुक्रबार सुतिरहेको अवस्थामा चट्याङ लाग्दा भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको हो ।
चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीको उपचारका लागि भद्रपुर लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।