गुल्मी, चैत ८: गएराति चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेककी ३७ वर्षीया होमकला श्रीस रहेकी छन् ।
घरमा बसिरहेकी उनीलाई राति आठबजे हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते बनाएको थियो।
गम्भीर घाइते श्रीसको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजजकुमार रावलले जानकारी दिए।
शवलाई पाल्पामै पोष्टमार्टम गरिएको प्रहरीले जानकारी दिएको छ। घाइतेको परिवारलाई तत्काल राहतका लागि १० हजार रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए।
अन्य अवस्था हेरी विपदका बेलामा गाउँपालिका साथमा रहेको पनि ढकालले बताए।