खोटाङ, चैत ३०ः शनिबार राति चट्याङ लागेर खोटाङमा २ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा केपिलासगढी गाउँपालिका वडा नं–१, फेदीकी ३८ वर्षीया निर्मला बिक र १५ वर्षीय राजमणि राई रहेका छन् ।
चट्याङकै कारण गम्भीर घाइते हुनेमा मृत्यु हुने निर्मलाकै छोरा आसन बिक र छोरी मनकला बिक रहेको खोटाङ प्रहरीले जनाएको छ।
घाइतेको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको खोटाङका संघिय सांसद विशाल भट्टराईले जानकारी दिए।