चट्याङ लागेर प्युठानमा बालकको मृत्यु

रिपोर्ट नेपाल | 2020 May 28 | 06:17 pm 2060

प्युठान, जेठ १५ः चट्याङ लागेर  प्युठानमा एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गौमुखी गाउँपालिका वडा नं ६ धाराटोलका ११ वर्षीय दीपक सुनार रहेका छन् ।

हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि स्वास्थ्यचौकी लिबाङ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

घाइते हुनेमा सोही ठाउँका २५ वर्षीय सुरेश विक रहेका प्रमुख कार्कीले बताए । घाइते विकको टाउकामा चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.