चट्याङ लागेर एकजनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 03 | 04:22 pm 1677

हेटौंडा, वैशाख २० : मकवानपुरको गढीगाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अर्को एकजना घाइते भएकी छन। शुक्रबार दिउँसो हावाहुरी र बर्षासँगै परेको चट्याङ लागेर मकवानपुर गढी गाउँपालिका ५ देउरालीमा एक जनाको मृत्यु भएको हो।

मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मृत्यु हुनेमा २७ बर्षीया फुलमाया पाख्रिन हुन्। चट्याङले मनहरी गाउँपालिका ३ मा बाख्रा चराउन गएकी ५० वर्षीया बृन्दा मोक्तान घाइते भएकी छन्। उनको मनहरी प्राथमिक उपचारपछि हेटौंडा ल्याइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.