चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

| 2019 Apr 06 | 01:03 pm 2602

झापा, चैत्र २३ : पानीसँगै परेको चट्याङ लागेर शनिबार बिहान झापामा एकजनाको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन् ।

मेचीनगर नगरपालिका वडा नम्बर–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउतलाई चट्याङले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । साथै घाइते हुनेमा उनकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनका भाउजु ३६ वर्षीया मञ्जु राउत रहेका छन् ।

प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भिर घाइते भएका थिए । घाइते भएका तीनैजनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्‍याएकोमा प्रकाश राउतको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

अरु दुई जना घाइतेको अहिले भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.