चट्याङ पर्दा दाङमा २ महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Aug 31 | 10:37 am 1357

दाङ, भदाै १५ः घोराही उपमहानगरपालिकामा चट्याङ लागेर २ महिलाको मृत्यु भएको छ ।

१२ नं वडाकाे गुरौमा मंगलबार राति तीजको नाच भइरहेको स्थानमा चट्याङ पर्दा २ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

चट्याङ लागेर अरू १० जना घाइते भएका छन् । घटनास्थल विकट पहाडी गाउँमा भएको र फोन सम्पर्क नभएकाले सबै विवरण आउन नसकेको गौतमले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.