चकलेट दिएर फकाउँदै ९ वर्षीया दुई छात्रालार्इ बलात्कार गर्ने शिक्षक पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 07 | 04:44 pm 2488

काभ्रे, असोज २१ :  काभ्रेमा दुई छात्रालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो ।

पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरेको हो । शिक्षक पहरीले कहिले चकलेट दिन्छु भन्दै त कहिले विभिन्न धम्की दिँदै १ वर्षदेखि बलात्कार गर्दै आएको छात्रका अभिभावकले बताएका छन् ।

जाहेरीमा शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा उनीहरूलाई पटक पटक बलात्कार गर्ने गरेको आरोप लगाइएको छ । शिक्षकले दुई मध्ये एक बालिकालाई कक्षा ४ देखि नै संवेदनशील अंग चलाउने, छुने जस्ता क्रियाकलाप गर्दै आएको आरोप छ ।

कक्षा ५ सुरु भएपछि पहिले दुर्व्यवहारमा परेकी बालिकाको साथीलाईसमेत उनले दुर्व्यवहार गर्न थालेको उनका अभिभावकहरूले बताएका छन् । उनीमाथि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्काले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.