घोराही कारागारमा एक थुनुवाकाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Jan 10 | 08:08 am 1916

दाङ, पुस २६ : दाङमा एक थुनुवा व्यक्तिको ज्यान गएको छ । जबरजस्ती करणी उद्योग मुद्धामा पूर्पक्षका लागि घोराही कारागारमा रहेका बगंलाचुली-६ निवासी ५५ वर्षीय तिलबहादुर महराको ज्यान गएको छ ।

बुधबार राति एक्कासी बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

उनलाई हातखुट्टा सुन्निने र सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.