सल्यान, पुस १२: घोडाले लात्तिले हिर्काउँदा सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ मा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वनगाड कुपिण्डे नगरपालिका १ का प्रकाश बुढाका ८ वर्षिय छोरा राजु बुढा रहेका छन् । शुक्रबार बेलुका छिमेकीको गोठमा खेल्दै गरेका राजुलाई घोडाले लात्तीले हान्दा घाईते भएका थिए ।
घाइते बालकलाई सुर्खेतको मेहलकुना लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाए।