घुस सहित समातिए सिरहा अदालतका चालक

रिपोर्ट नेपाल | 2019 Sep 12 | 03:14 pm 2050

लहान, भदाै २६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले सिरहा जिल्ला अदालतका चालक विजुमोहन यादवलाई रकमसहित रंगेहात पक्राउ गरेको छ ।

मुद्धा जिताईदिने भन्दै उनले सेवाग्रहीसँग रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

सेवाग्राहीसँग १ लाख १० हजार घुँस लिदै गरेको अवस्थामा चालक यादवलाई अख्तियार टोलीले सिरहास्थित खड्का होटलबाट आज दिउँसो एक बजे पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.