घुस सहित पक्राउ परेका असई अख्तियारको नियन्त्रणबाट फरार

रिपोर्ट नेपाल | 2019 Feb 12 | 07:40 pm 2273

जनकपुरधाम, माघ  २९ : दश हजार रुपैया घुससहित अख्तियारले पक्राउ गरेको असई फरार भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखाले घुस सहित रंगेहात पक्राउ गरेको औरही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामनरेश साह फरार भएका हुन्। उनलाई दिउँसो १० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेका थियो ।

उनलाई महोत्तरीको औरही बजारमा रहेको नवदुर्गा सःमिलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको केही समयपश्चात् स्थानीयले अवरोध गरेपछि प्रहरी सहायक निरीक्षक साह अख्तियारको नियन्त्रणबाट भाग्न सफल भएका थिए ।

फरार रहेका असईलाई खोजतलासका लागि औरहीको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.