लमजुङ, साउन ९ः अख्तियारद्वारा लमजुङको मर्स्याङ्दी गाँउपालिकामा कार्यरत दुई जना कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टीकाप्रसाद गुरुङ रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटेको टोलीले मण्डल र गुरुङलाई बेंसीसहर बजारबाट बिहीबार नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
मण्डल र गुरुङले सेवाग्राहीहरुसँग भवन निर्माणको किस्तावापत ५० हजारका दरले ४ लाख रुपैयाँ घुस लिएको उजुरीको आधारमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताईएको छ ।