घुस लिएको अभियोगमा मेयरका छोरासहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 16 | 11:13 am 1634

सिरहा, साउन १ः घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका  मेयरका छोरासहित दुई जनालाई अख्तियाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उनका साथी जितेन्द्र महतो रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको पाँच लाख घुससहित लहान नगरपालिका–२२ स्थित राजदेवीचोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

नगरपालिकाले सम्पन्न गरेको डिपिआरको भुक्तानीका लागि कमिशनस्वरुप सेवाग्राहीसँग नगरप्रमुख मण्डलले ५ लाख मागेका थिए । सो रकम लिन उनका छोरा साथीलाई लिएर गएका थिए । सोही क्रममा रकम लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए ।

पक्राउ परेका सन्त र जितेन्द्रलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास लगिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.