घुस लिएको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 23 | 05:18 pm 2125

काठमाडौं, वैशाख १० :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई रु दश हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिएको अभियोग केसीमाथि लागेको छ ।

कम्प्युटर अपरेटर केसीलाई आयोगको टोलीले आज कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । आरोपी केसीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.