घुस लिएको अभियोगमा निमित्त कार्यालय प्रमुख सहित चार पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 29 | 06:57 am 1894

म्याग्दी, साउन १३: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

पोखराबाट खटिएको आयोगको टोलीले  निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैशीलाई  एक लाख ३० हजार घुससहित कार्यालयबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

उक्त कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम वापतको पेश्की फछ्र्योट गरिदिने भन्ने बाहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने आरोप रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.