काठमाडौँ, पुस १६ : जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई १० हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
अनुसन्धान आयोगले दिएको जानकारी अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका बताए।
पोखरेललाई घुस रकम सहित कामनापा–१६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आयोगले आइतबार नै पक्राउ गरिएकाे थियाे । तर, उनलाई सार्वजनिक भने आज सोमबार गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।