बारा, कात्तिक १५: ६० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षकलाई पक्राउ गरेको छ ।
बिहीबार प्रहरी चौकी गन्जभवानीपुरमा कार्यरत प्रहरी नायव निरीक्षक जटाशंकरप्रसाद कलवारलाई अख्तियार टोलीले घुससहित रंगेहात पक्राउ गरेको हो ।
उनले सेवाग्राहीसँग भारतबाट मालसमान ल्याउन सहज गराइदिने भन्दै घुस लिएको अख्तियाले जानकारी दिए । अख्तियार टोलीले उनलाई बाराको कलैया उपमहानगरपालिका–४ स्थित श्रीराम खाद्य उद्योग अगाडिबाट पक्राउ गरेको बताइएको छ ।