रुपन्देही, फागुन १४: जिल्लाको छुट्टाछुट्टै स्थानबाट घुस रकमसहित वडाध्यक्ष र कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सम्मरीमायी गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव रहेका छन् । उनलाई ७० हजार घुससहित पक्राउ गरिएको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।
यादवले चौकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा बुधबार दिउँसो पक्राउ परेको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।
त्यसैगरी, उच्च सरकारी वकिलको कार्यालय बुटवलका एक कर्मचारी पनि घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उक्त कार्यालयका कार्यालय सहयोगी महेन्द्र यादव रहेका छन् । उनी १५ हजार घुससहित पक्राउ परेका हुन् ।
बन्दिप्रत्यक्षीकरणको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवा ग्राहीबाट घुस लिँदै गरेको अवस्थामा बुधबार यादवलाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।