घुस रकमसहित जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर अख्तियारको फन्दामा

| 2020 Feb 19 | 02:05 pm 1629

बैतडी, फागुन ७: बुधबार एक लाख रुपैयाँ घुससहित बैतडीमा एकजना इन्जिनियर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुखसमेत तथा इन्जिनियर सुरेशराज भट्ट रहेका छन् ।

घुससहित बुधबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस माग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका सूचना अधिकारी तोपबहादुर बिष्टले जनाकारी दिए।

अख्तियारका प्रहरी निरीक्षक बिनोद श्रेष्ठ नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका भट्टलाई बुधबार नै कञ्चनपुर लगेर थप अनुसन्धान गरिने सूचना अधिकारी बिष्टले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.