घुससहित पक्राउ परे वडासचिव

रिपोर्ट नेपाल | 2018 Dec 24 | 04:25 pm 2240

खस्यौली, पुस ९ :  अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो ।

सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिए । पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने उनले बताए । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.