घुम्ती शिविर मार्फत एक हजार तीन सय ७८ जनालाई नागरिकता प्रदान

रिपोर्ट नेपाल | 2019 May 07 | 12:56 pm 2152

गुल्मी, वैशाख २४:  जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका विभिन्न दुर्गमा ठाउँहरुमा पुगि घुम्ती सेवा मार्फत नागरिकता वितरण गरेको छ ।

प्रशासनले जिल्लाको कालिगण्डकी, चन्द्रकोट र मदाने गाउँपालिकामा घुम्ती शिविर संचालन गरी एक हजार तीन सय ७८ जनालाई नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार कालिगण्डकी गाउँपालिकामा गत फागुन महिनाको २२ र २३ गते गरि ५ सय ३५, चन्द्रकोट गाउँपालिकामा चैत ७ र ८ गते तीन सय ३३ र मदाने गाउँपालिकामा वैशाख १२ र १३ गरी पाँच सय १० नागरिकता वितरण गरे ।

गाउँबाट जिल्ला सदरमुकाम आँउदा नागरिकहरुलाई धेरै समस्या हुने र आउन जानमै धेरै रकम खर्च हुने लगायतका समस्याहरु हुने भएकाले स्थानीय स्तरमा नै गएर नागरिकता वितरण गरिएको प्रशासन कार्यलयका नायब सुब्बा तुल्सी न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार अझै जिल्ला देखि विकट ठानिएको मालिका गाउँपालिकामा पनि घुम्ती शिविर संचालन गर्ने तयारीमा रहेको बताए । न्यौपानेले यसरी गाउँमै गएर सेवा दिदा स्थानीय नागरिकहरुको समय, पैसा र झन्झट कम हुने दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.