बागलुङ,माघ १५: जिल्लाको गलकोट नगरपालिका–३, हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा आगलागी भएको छ । आगालागीबाट कपास उद्योग जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार उक्त आगलागी विद्युत सर्ट भएर भएको जनाएको छ ।
आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीले जानकारी दिए ।
त्यस्तै, पार्किङ गरेर राखिएको ध १ प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको छ ।
आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । कपास उद्योग गलकोट नगरपालिका–६ का शिव आचार्यले सञ्चालन गर्दै आएका थिए ।