घुमुवा बनेको बीस दिनमा पाँच हत्या: सूचना शुन्य

| 2020 Sep 04 | 02:00 pm 2041

रौतहट, भदौ १९ः विवादित सई रामबिनोद राय यादव र रौतहट प्रहरीको घुमुवा बनेको तीन हप्ता बित्न नपाउँदै रौतहटमा अपराधिक कृयाकलाप ह्वात्तै बढेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार विभिन्न घटनामा संलग्न भई जेल समेत बसेका सई यादव जागिरे जीवनभर रौतहटमै बसेर ब्रम्हलुट गर्दै तर मारेर बसिरहेका छन् ।

बलात्कारदेखि चोरी हुँदै डाँकासँग मिलेमतो गर्ने सई यादवलाई प्राय सबै एसपीले घुमुवा राख्नुपर्ने कारण भने बुझ्न सकिएको छैन ।

उनले घुमुवाको कमाण्ड सम्हालेदेखि रौतहटमा ५ जनाको हत्या भएको छ । सूचना संकलनका लागि घुमुवा बनाइएका सई यादवले अहिलेसम्म अभियुक्तलाई समाउने सूचना शुन्यमा पनि ल्याएका छैनन् ।

तराईका जिल्लामा प्रहरीबीच एउटा डरलाग्दो रोग के छ भने बदमासी गर्ने घुमुवालाई हटाइदिएमा अपराधिक गिरोहसँग मिलेर घटना गराउने र कार्यालय प्रमुखलाई असफल बनाउने खेल हुन्छ ।

जसले गर्दा कार्यालय प्रमुखले फेरि उसैलाई घुमुवा बनाउन बाध्य हुन्छ । प्रमुखले त्यो षडयन्त्र भने थाहा पाउँदैनन् ।

सई यादव रौतहटमै २०५९ सालमा पथरा गाउँमा डाँकासँग मिलेर डकैती गर्दै गर्दा गाउँलेले समाएर रामघुलाई गरेका थिए ।

बाँधेर राखेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयबाट डिएसपी र नेपाली सेनाको क्याप्टेन गएर गाउँलेसँग अनुनयविनय गरेर ल्याइएका व्यक्ति हुन् ।

एसपी रबीराज खड्काले घुमुवा बनाएका विवादित सईलाई अब जाने कर्तव्यनिष्ठ र इमान्दार एसपी सिद्धीबिक्रम शाहले निरन्तरता दिन्छन कि हटाउँछन हेर्न बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.