घाटीमा मासु अड्केर बेहोस भएका वडाध्यक्षकाे मृत्यु

| 2021 Mar 27 | 08:26 am 2245

कञ्चनपुर, चैत १४: गएराति भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

‘घाटीमा मासु अड्केर बेहोस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘उपचारका क्रममा राति मृत्यु भयो।’

उनले शव परीक्षणपछि मृत्युबारे विस्तृत जानकारी हुनेसमेत बताए। शव महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक थापाले भने‚ वडाध्यक्षसहित आठ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएको बुझिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.