ललितपुर, माघ २७: सोमबार आफ्नै निवासमा गम्भीर घाइते बनाइएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको उपचारको क्रममा स्टार अस्पतालमा मृत्यु भएको छ ।
सानेपामा रहेको घरको भान्छा कोठामा गम्भीर घाइते अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो ।
त्यस्तै कार्कीकै घरमा काम गर्ने दाङ स्थायी घर भएका अन्दाजी २२ वर्षीय विजय चौधरी भने डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
अस्पताल प्रशासनले जानकारी दिए अनुसार श्रीमती कार्कीको टाउकोमा धेरै गम्भीर चोट लागेको छ भने घाँटी र हातमा पनि निलडामको घेरा देखिन्छ। मुनाको टाउकोभरि चोट लागेको र रगत लत्पतिएको अचेत अवस्थामा भेटिएकी थिइन् ।
सचिव कार्की बिहान बाहिरबाट घर फर्किँदा श्रीमतीको अवस्था देखेर चिच्याएपछि सुनेर जम्मा भएका छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।