घाँस काट्न गएकी एक महिलालाई बाघले लग्यो

| 2018 Aug 06 | 03:12 pm 3340

रत्ननगर, साउन २१ :  चितवनको भरतपुर महानगरपालिका वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ ।

स्थानीय राप्तीदून मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिए ।

उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोश भएका अर्का एक जनालाई उपचारका लागि अस्पताल लगिएको र एक जनाले भने भागेर ज्यान जोगाएका थिए ।

बाघले आक्रमण गरेको घटनाको पुष्टि गर्दै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले हात्तीसहितको वन्यजन्तु प्राविधिक टोली सो क्षेत्रमा परिचालन गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा बाघले मान्छेमाथि आक्रमण गरेको यो पहिलो हो । अघिल्लो वर्ष बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.