बझाङ, साउन ११ः आइतबार घाँस काट्ने क्रममा लडेर बझाङमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका– १ भण्डाराकी २६ वर्षीया शर्मिला विष्ट रहेका छन् ।
साथीसँग घाँस काट्न भनेर घरबाट निस्किएकी विष्ट घाँस काट्ने ठाउँ पुगेको एक घण्टापछि सडकमाथिको भिरबाट खसेपछि गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते भएकी विष्टलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेततर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए ।