घाँस काट्ने क्रममा भिरबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु

| 2023 May 16 | 01:30 pm 1597

ताप्लेजुङ, जेठ २ः घाँस काट्न जाने क्रममा भिरबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपका लाक्पा ठिन्डुक शेर्पा रहेका छन् ।

५४ वर्षिय उनी स्थानीय ज्यामिर थान्का भिरमा घाँस काट्न गएका थिए। उनका भाई मिङ्मा ठिन्ले शेर्पाका अनुसार घाँस काट्न गएका उनी फर्किएर नआएपछि खोजतलास गर्ने क्रममा भिरको खोँच भागमा मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.