घाँटीमा ढुंगा अड्किएर कञ्चनपुरमा एक बालककाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 25 | 03:25 pm 2434

कञ्चनपुर, मंसिर १०ः खेल्ने क्रममा ढुंगा घाँटीमा ढुंगा अड्किएर कञ्चनपुरमा एक बालककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा  बेदकोट नगरपालिका-९ सुन्दरपुरका १६ महिने बालक साकार भट्ट रहेका छन् ।  ढुंगा निल्ने क्रममा घाँटीमा अड्कीएको परिवारले बताएका छन् ।

घाँटीमा ढुंगा अड्कीएपछि उनलाई महाकाली अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई अस्पतालले धनगढी रेफर गरेको थियो । उनको धनगढी ल्याइएपनि उपचार सम्भव नभएका कारण ज्यान गएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो आँगनमा खल्दै गर्दा साकारले ढुंगा घाँटीमा अड्काएका थिए । उनको गएराति नै धनगढीमा उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीले पुष्टि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.