घर भत्किँदा पाल्पामा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 10 | 10:25 am 1696

पाल्पा, भदाै २५ः गएराति घर भत्किँदा पाल्पामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली- ७ खानीगाँउका २२ वर्षका छोरा सुमन कनौजे रहेका छन् । बुधबार राति करिब ११ बजेतिर कान्तिसरा कनौजेको घर एक्कासि भत्किएर उनकाे मृत्यु भएको हो ।

कनौजेलाई स्थानीयले उद्धार गरी उपचारका लागि युनाइटेड मिसन अस्पतालमा ल्याएका थिए । तर उनकाे उपचारकै क्रममा बिहान १ः२५ बजेको समयमा मृत्यु भएकाे चिकित्सकले घोषणा गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कनौजेको घर भत्किँदा २ वटा भैँसी समेत पुरिएको अवस्थामा रहेका छन् । यसबारे उद्धार र थप अनुसन्धान भइरहेकाे  बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.