घर नबनाउने लाभग्राहीको रकम फिर्ता गराउन भन्दै प्राधिकरण गाउँगाउँमा

रिपोर्ट नेपाल | 2019 Oct 17 | 07:33 am 1730

  • तिलाचन पाण्डे

गुल्मी, असोज ३०: राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई गुल्मीले पुननिर्माण अन्तरगतको निजि आवास निर्माण लाभग्राही सूचिमा रहेका तर घर निर्माण नगरेका लाभग्राहीहरुलाई रकम फिर्ता गर्न भन्दै पुन निर्माण प्राधिकरण गुल्मी स्थानीय तहका गाउँगाउँमा पुगेको छ ।

२०७२ साल बैशाख १२ मा गएको भूकम्पका कारण पुर्ण रुपमा घरमा क्षती भएका लाभग्राहीहरुले पहिलो किस्ता बापतको रकम ५० हजार रुपैयाँ लिएका तर घर निर्माणको कार्यपनि सुचारु नगरेका लाभग्राहीहरुलाई घर निर्माण गर्न आग्रह गर्दै र यदि घर निर्माण नगरे अबिलम्ब पहिलो किस्ता बापत लिएको ५० हजार रुपैयाँ फिर्ता गर्न गाउँगाउँमा पुगेर आग्रह गरेको छ ।

जिल्ला आयोजना कार्यन्वयन इकाई गुल्मीका प्रमुख पारस पन्थीका अनुसार लाभग्राहीहरुले सम्झौता गरेका तर घर निर्माण नगरेका लाभग्राहीहरुले अबिलम्ब गर्ने र यदि निर्माण नगरेमा रकम फिर्ता गर्न यसरी स्थानीय तहका वडा वडामा अभियानकै रुपमा गएको दाबी गरे ।

गुल्मी जिल्लाका कूल लाभग्राहीको सूचिमा रहेका चार हजार १ सय ४४ लाभ्रग्राहीहरु मध्ये तीन हजार ९ सय ६१ लाभग्राहीहरुले सम्झौता गरेको, पहिलो किस्ता लिनेको संख्या तीन हजार ८ सय ४३ रहेको पन्थीले बताए । यस्तै दोस्रो किस्ता लिनेको संख्या दूई हजार ७ सय ८३ जना रहेको र अन्तिम किस्ता लिने वा घर निर्माण सम्पन्न गरेकाको संख्या भने एक हजार ९ सय ८ जना रहेको कार्यलयले जनाएको छ ।

२०७६ असार मसान्त सम्ममा पहिलो किस्ता बापतको रकम लिएका लाभग्राहीहरुले यहि कार्तिक मसान्त सम्ममा दोस्रो किस्ता रकम लिइसक्नु पर्ने भएकाले घर निर्माण गर्न आग्रह गरेको र यदि घर निर्माण नगरेमा पहिलो किस्ता बापतको रकम लिएका लाभग्राहीहरुले अबिलम्ब रकम फिर्ता गर्नुपर्ने भन्दै यदि नगरे सरकारी नियम अनुसार असुल उपर गरिने पन्थीले दाबी गरे । यसै गरि असार मसान्त सम्ममा दोस्रो किस्ता रकम लिएका लाभग्राहीहरुले माघ मसान्तसम्ममा मापदण्ड अनुसार घर निर्माण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।

भुकम्प गएको यति लामो समय सम्म पनि तेस्रो किस्ता अर्थात अन्तिम किस्ता लिनेको संख्या किन कम भन्ने प्रश्नमा मापदण्ड अनुसार घर निर्माण नगरेका र सुधार गर्नु पर्ने भएकाले समस्या देखिएको पन्थीले दाबी गरे । यदि ती लाभग्राहीहरुले मापदण्ड अनुसार घर निर्माण नगरे हालसम्म लिएको सम्पूर्ण रकम फिर्ता गराएरै छाड्ने पन्थीको दाबी छ ।

अब पुन निर्माण प्राधिकरणले घर निर्माण नगर्ने लाभग्राहीहरुले घर निर्माण नगरे लाभ ग्राहीको सूचिबाट हटाउने र लाभग्राहीहरुले लिएको रकम फिर्ता गराउने गरि गुल्मी जिल्लामा अभियानकै रुपमा रहेको कार्यलयले दाबी गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुलाई हालसम्म वडा स्तरको प्रगती र अब के गर्न सकिन्छ भन्दै अन्र्तक्रिया गरिएको कार्यलयले जनाएको छ । जतिसक्दो छिटो घर निर्माण गर्न र यदि नगरे लाभग्राहीहरुले लिएको रकम फिर्ता गराउने गरि स्थानीय तहमा कार्य भइरहेको कार्यलयले जनाएको छ ।

हालसम्म मुसिकोट नगरपालिका, चन्द्रकोट, सत्यवती, कालिगण्डकी जनप्रतिनिधिहरुसंग निजि आवास पुन निर्माण सम्बन्धी हालसम्मको प्रगती र तोकीएको समयसिमा भित्र पुन निर्माण कार्य सम्पन्न गर्नुपर्ने गरी प्रतिबद्धता संगै कार्ययोजना बनाई जनप्रतिनिधहरु, कर्मचारीहरु घरघरमा अभियानकै रुपमा गई लाभग्राही संग छलफल गर्ने र घर निर्माण नगरे लिएको रकम फिर्ता गर्ने अभियान संपन्न गरेको कार्यलयले जनाएको छ । अन्य स्थानीय तहमा पनि अभियानकै रुपमा अन्र्तक्रिया गरिने पन्थीले दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.