- महेश सिंह
सिरहा, माघ २३ः लहानमा ३ महिने मोबाइल तालिम सुरु भएको छ । प्रदेश सरकारको सोरोजगार कार्यक्रम अन्तर घरेलु तथा साना उद्योग कार्यालय लहानद्वारा संचालनमा आएको हो।

लहान नगरपालिका र सिरहाको सखुवानानकारकट्टी गाउँपालिकामा एकै साथ तालिम सुरु भएको हो। कार्यक्रम घरेलु तथा साना उधोग लहानका कार्यालय प्रमुख दिपेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने अतिथिहरुमा नेपाल पोस्ट दैनिक र रिपोर्ट नेपालका सिरहा सम्बादाता महेश सिंह, हाउस वाईरीग्ङको प्रशिक्षक बिष्णु पोखरेल, मोबाइल तथा फोन मर्मतको प्रशिक्षक जगरनाथ पासवान, घुरन महतो लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। घरेलुका प्रतिनिधि बैजनाथ झाले कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रममा करिब ३० जना युवाहरुको सहभागिता रहेको थियो । कार्यालय प्रमुखका अनुसार हाम्रो नेपाल सुखी नेपाल र सुखी नेपालीको अभिभारा बोकेका नेपाली जनता कसरी खुशी र सुखी हुन्छ भन्दै आ–आफनो ठाउँबाट सहयोग गर्न इच्छा जाहेर गरेका थिए।

युवालाई लछित गरी उक्त कार्यक्रम संचालन गरेका हुन्। देशमा बेरोजगारी समस्या नियुनिकरण गर्न प्रदेश नम्बर २ का सरकारले घरेलु तथा साना उद्योग मार्फद लघु उद्यम बिकासका सीप बिकास मुलक तालिमका आयोजना गरेका हुन् ।