भक्तपुर, चैत ४: आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–९ नंखेलका ३३ वर्षीय राजन ब्यान्जुलाई प्रहरीले पक्राउ गरेको हो ।
सामान्य घरायसी विवाद हुँदा ब्यान्जुले श्रीमतीको हत्या गरेको बुझिएको छ ।
खाना पकाउने विषयमा विवाद भएपछि ब्यान्जुले श्रीमती पवित्रा व्यान्जुलाई कुटपिट गरेका थिए । उनको पिटाइबाट पवित्राको मृत्यु भएको हो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।