घरायसी झगडाको कारण ज्वाईले आगो लगाए

रिपोर्ट नेपाल | 2021 Mar 23 | 10:57 am 2729

सर्लाही, चैत १०ः हरिवन नगरपालिका १० स्थित रहेको मिन बहादुर फुयालको घरनजिकै रहेको परालको टौवा र धानको भुसमा उनका ज्वाई जयराम कार्कीले घरायसी झगडाको कारण आगो लगाएका थिए । उक्त आगोमा परी १ वटा बाख्रा जलेर मृत्यु भएको छ ।

आगलागीको खबर पाउनासाथ प्रहरी चौकी ढुँग्रेखोलाबाट प्रहरी सहायक निरीक्षक महेन्द्र यादवको कमाण्डमा ३ जनाको टोली खटी गई आगो नियन्त्रणमा लिएको हो ।

आगोलागीबाट पराल, धानको भुस र बाख्रा समेत गरी करिब १ लाख बराबरको क्षेति भएको अनुमान गरिएको छ ।

आगो दमकल, प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा नियन्त्रणमा लिएको थियो । आगो लगाउने ब्यक्ति फरार रहेकाले उनको खोजतलास भईरहेको सर्लाही प्रहरीले जानकारी दिएको हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.