घरायरी विवादका कारण कुटपिट हुँदा १ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Oct 25 | 02:25 pm 2297

दाङ, कात्तिक ९ः घरायसी विवादका काराण कुटपिंट हुँदा दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ बंगलाचुली गाउँपालिका २ पाखापानीका ४५ वर्षीय बालाराम बिक रहेका छन् ।

उनलाई आफ्नै सहोदर छोरा २२ वर्षीय बीरबहादुर बिकले घरायसी विवादका कारण कुटपिट गरी आफ्नै घरको तलाबाट खसाल्दा मृत्यु भएको बताइएको छ ।

उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी टोली खटाई गई कुटपिट गर्ने बिकलाई नियन्त्रणमा लिई कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.