घरमै पसेर बालिका माथि चितुवाको आक्रमण

रिपोर्ट नेपाल | 2022 Jun 12 | 08:23 am 2005

तनहुँ, भदौ २९ः घरमा बसीरहेकी एक बालिकालाई चितुवाले आक्रमण गरेको छ । बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ ८ः३० बजे चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका रियाना थापा घाइते भएकाे डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।

घरमै बसी रहेकाे अवस्थामा चितुवाले आक्रमण गरेको परिवारजनले जानकारी दिएकाे काफ्लेले जानकारी दिए ।बालिकालाई आक्रमण गर्ने विक्तिकै बुबा र आमा चिच्चाउँदै छुटाउन जाने क्रममा चितुवा भागेको उनले जानकारी दिए । घाईते बालिकाको बन्दीपुर गाउँपालिका–४ डुम्रे बजार स्थित मोती मेडिकल हल डुम्रेमा उपचार भईरहेको छ ।

चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको मोती मेडिकल सञ्चालक तथा बन्दीपुर गाउँपालिकाको निर्वतमान अध्यक्ष पूर्णसिंह थापाले बताए । बालिका हाल स्वास्थ्य सुधार हुँदै गएको थापाले जानकारी दिए । सो क्षेत्रमा खोर बनाई चितुवालाई पासो पार्ने योजना बनाईएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख काफ्ले बताउछन् ।  गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.