नुवाकोट, जेठ ३०: मध्यराति घरकाे छानामाथि ट्रिपर खस्दा च्यापीएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ककनी गाउँपालिका–४ का ५८ वर्षीया माइली माया तामाङ रहेकी प्रहरीले बताए ।
बा २ क ६३६३ नम्बरको ट्रिपर सडकबाट करिब ३ सयमिटर तल घरमाथि खस्दा सुतिरहेकी महिलाको मृत्यु भएको हो । ट्रिपरले च्यापेर गम्भीर घाइते भएकी माइली माया तामाङको काठमाडौंको ग्राण्डी अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका टिफर चालक र सहचालकको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।