दार्चुला, जेठ १२ : महाकाली नगरपालिका ३ काटैकी करिब ७० वर्षीया वृद्धा आफ्नै घरभित्र मृत भेटिएकी छन् । रातिसँगै सुतिरहेका श्रीमान् र नाति गम्भिर अवस्थामा भेटिएपछि हत्याको आशंका गरिएको छ ।स्था
नीय राजेन्द्रप्रसाद जोशीका अनुसार ७० वर्षीया द्राेपती महरा घरमा मृत अवस्थामा भेटिएकी र उनका ७५ वर्षीय श्रीमान् वीरभान महरा र १४ वर्षीय नाति लोकेश घाइते अवस्थामा घरभित्रै भेटिएका छन्।
बिहान अबेरसम्म घरको आधा ढोका मात्रै खुला देखेपछि स्थानीयले घरभित्र हेर्दा वृद्धा मृत अवस्थामा रहेकी र बृद्धाका श्रीमान् र नाति गम्भिर अवस्थामा भेटिएका जोशीले बताए। अहिले घटनास्थलमा प्रहरी पुगेर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगेको जोशीले जानकारी दिए।