पर्वत, मंसिर १९ : बाँदरको आक्रमणबाट जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा एक महिला गम्भीर घाइते भएकी छीन् । बाँदरको आक्रमणबाट ४० वर्षीया लक्ष्मी जैसी घाइते भएका स्रोतले बताए ।
बाँदरले घरभित्र पसेर अन्नपात खाएपछि लखेट्ने क्रममा उनलाई बाँदरले आक्रमण गरेको हो । घाइते भएकी जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले जानकारी दिए ।
उक्त क्षेत्रमा बाँदरले दुःख दिन थालेपछि स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिलाई गुहार्दै आएका छन् ।