घरको छतमा बसेर कुरा गर्दैगर्दा अचानक खस्दा एक युवकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Aug 17 | 03:17 pm 2017

रुपन्देही, भदौ १ः फोनमा कुरा गरिरहेको अवस्थामा घरको छतबाट खस्दा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षीय विकास जैसवाल रहेका छन् ।

उनी आफ्नो घरको तीन तल्लामाथि बसेर फोनमा कुरा गर्दैगर्दा अचानक खसेर घाइते भएका थिए । घाइते जैसवाललाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.