- महेश सिंह
सिरहा, चैत ३: जिल्लाको अर्नमा गाउँपालिकामा १ मा आफनै घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहाको अर्नमा गाउँपालिका १ का मोहमद वारिद अन्सारीका ५ वर्षीय छोरा मो रेहान अन्सारी रहेका छन् ।
बालक आफनै घरको छ्तमा खेल्दै गरेको अवस्थामा अचानक छतबाट तल भुईमा खसेको थियो ।
छतबाट खसेका बालकको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर अवस्थामा उपचारको लागि लहान अस्पताल ल्याउदै गर्दा बाटो मै मृत्यु भईसकेको लहान अस्पतालको ईमरजेन्सि वार्डका डाक्टरले जानकारी दिए ।
बालकको सव पोस्टपछि परिवारलाई जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार थापा क्षेत्रीले बताए ।