खोटाङ, पुस ७ः घरकाे पर्खाल लगाउने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङ तिलकेनीका २४ बर्षीय दीपेन्द्र राई रहेका छन् ।
उनी जिल्लाको दिप्रुङ चुइचुमा गाउँपालिका १ याम्खामा घरको तलामा पर्खाल लगाउने पसेका राई सोमबार दिउँसो लडेर गम्भीर घाइते भएका थिए । राईलाई स्थानीयको सहयोगमा उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको परिवारश्रोतले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घाइते भएका राईलाई उपचारका लागि जिल्ला बाहिर पठाइएको तर राईको अहिले सम्म कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।
मृतक राईको शब नेपालथोकबाट जिल्ला अस्पताल दिक्तेल ल्याइदै गरिएको स्थानीय राजेन्द्र राईले बताए ।