घट्यो शेयर बजार

रिपोर्ट नेपाल | 2018 Jul 26 | 05:51 pm 1588

काठमाडौँ, साउन १०: गत केहि दिन बढेको शेयर बजारमा आज सामान्य गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक ३.१५ बिन्दुले घटेर एक हजार १९१.२० बिन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७५ बिन्दुले घटेर २५०.९६ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको सात लाख ९२ हजार ५५ कित्ता शेयर रु १९ करोड ३० लाख २८ हजार १२४ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार आज होटल उपसमूहबाहेक अरु सबै उपमूहको शेयर घटेको छ । बैंकिङ १.४४, विकास बैंक १.९८, जलविद्युत् १४.७९, फाइनान्स २.६८, निर्जीवन बीमा २७.१७, उत्पादन स्थिर, अन्य ०.५६, माइक्रोफाइनान्स १५.१६ र बीमा ४९.०८ बिन्दुले घटेको छ । होटल समूह भने ४४.५५ बिन्दुले बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.